कांग्रेस अधिवेशन : मनाङको पालिकामा सभापतिसहित सबै सर्वसम्मत

आश गुरुङ

लमजुङ — कांग्रेसको १४ औं महाधिवेशनका लागि हिमाली जिल्ला मनाङमा ४ वटै स्थानीय तहको निर्वाचनमा सर्वसम्मत पालिका कार्यसमिति गठन गरिएको छ । सभापतिदेखि सदस्यसम्म सबै कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको कांग्रेस मनाङका सभापति समेत रहेका पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए । उनका अनुसार ४ वटा गाउँपालिका रहेको मनाङको ४ वटै स्थानीय तहको सभापतिदेखि कार्यसमिति शनिबार सर्वसम्मत चयन भएको छ ।

कांग्रेस अधिवेशन : मनाङको पालिकामा सभापतिसहित सबै सर्वसम्मत

नासों गाउँपालिकाको सभापतिमा ८ का अध्यक्ष रहेका हुपजंग गुरुङ निर्वाचित भएका छन् । उनको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । चामे गाउँपालिका सभापतिमा पेम्बा दोर्जे लामासहितको कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन् । उनी जिल्ला कार्यसमितिका सदस्य हुन् ।

नार्पाभूमि गाउँपालिकामा हाल नार्पाभूमि गाउँपालिका अध्यक्ष रहेका मिङ्मा छिरिङ लामा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् । उनको सभापतित्वमा २३ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिका सभापतिमा कान्छा गुरुङ चयन भएका छन् । जिल्ला कार्यसमितिका सदस्यसमेत रहेका उनको सभापतित्वमा ३५ सदस्यीय कार्यसमिति चयन भएको कांग्रेस सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।

प्रकाशित : आश्विन ९, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?