बागलुङ नेकपा (एस)को अध्यक्षमा थापा

प्रकाश बराल

बागलुङ — नेकपा (एकीकृत समाजवादी) को बागलुङको अध्यक्षमा लालबहादुर थापा चुनिएका छन् । शनिबार भएको भेलाले थापाको नेतृत्वमा ७५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । एमालेको निर्वाचित सचिव रहेका थापा संसद् विघटनदेखिनै आन्दोलनमा थिए । नेकपा (एस) गठन हुँदा पनि केन्द्रले उनकै संयोजकत्वमा भेला आयोजक समिति बनाएको थियो ।

पार्टी उपाध्यक्षमा केशर छन्त्याल र सचिवमा चक्र थापा चयन भएका छन् । सबै पदाधिकारीलाई केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज केशवलाल श्रेष्ठले शनिबार प्रमाणपत्र वितरण गरे ।

नवौं महाधिवेशनको म्याण्डेडअनुसार अगाडि बढ्न नसकेको भन्दै एमाले अध्यक्ष केपी ओलीको उनले आलोचना गरे । ‘नोकरशाही र शोषक, सामान्ती समाजको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने म्याण्डेड पास भएको थियो, त्यो ओलीले पचाएनन्’ श्रेष्ठले भने, ‘निरंकुशता र दासताबाट मुक्ति पाउन नयाँ पार्टी निर्माणको विकल्प नभएको हो ।’ ओलीको निरंकुशताबाट जनतादेखि कार्यकर्ता निरास भएकोले एमाले छाडेर नेकपा (एस)मा फर्कने क्रम सुरु भएको पनि दाबी गरे ।


प्रकाशित : आश्विन ९, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?