३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

तनहुँमा पीसीआर प्रयोगशाला सञ्चालन

सम्झना रसाइली

तनहुँ — जिल्लामा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । व्यास नगरपालिकाले वडा नम्बर १० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा बिहीबारबाट पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको हो । 

तनहुँमा पीसीआर प्रयोगशाला सञ्चालन

पीसीआर रिपोर्ट आउन लामो समय लाग्ने भएपछि जिल्लामै प्रयोगशाला निर्माण गर्नका लागि नगरपालिकाले अग्रसर लिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । ‘कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाको स्वाब संकल गरी परीक्षणका लागि पठाएको लामो समयसम्म पनि रिपोर्ट नआउँदा उनीहरुलाई उपचारको दायरामा ल्याउन गाह्रो भयो, ’ उनले भने, ‘अब रिपोर्ट पनि समयमै आउँछ र पोजेटिभ देखिए समयमै उपचारको दायरामा पनि ल्याउन सहज हुन्छ ।’

संघीय सरकार, प्रदेश सरकार, विभिन्न संघसंस्थाको सहयोगमा प्रयोगशाला निर्माण गरिएको हो । प्रयोगशाला निर्माण गर्न एक करोड ७ लाख ७६ हजार र सञ्चालनका लागि एक करोड ३२ लाख १५ हजार २६८ रुपैयाँ खर्च भएको छ । प्रयोगशालामा २ जना बीएमएलटी र ३ जना सीएमएलटीका स्वास्थ्यकर्मी नियुक्त गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

उनका अनुसार एक पटकमा ९६ वटा नमुना परीक्षण गर्न सकिने मेसिन प्रयोग गरिएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?