कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

श्रीमानको हत्या आरोपमा पक्राउ

हरिराम उप्रेती

गोरखा — श्रीमानको घाँटी थिचेर हत्या गरेको आरोपमा गोरखा नगरपालिका–७ पौवाखेतबाट ५५ वर्षिय माइली कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमानको हत्या आरोपमा पक्राउ

मंगलबार बिहान ५६ वर्षीय आइतबहादुर कामी सुतिरहेको अवस्थामा मृत भेटिएका थिए । अनुसन्धानको क्रममा मृतक आइतबहादुरलाई आफ्नै श्रीमती माइलीले घाँटी थिचेर हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

मृतक आइतबहादुरको स्थायी ठेगाना धार्चे गाउँपालिका–२ केरौँजा हो । २०७२ को भूकम्पपछि प्राप्त अनुदानले सदरमुकामस्थित पौवाखेतमा घर बनाएर उनीहरु बस्दै आएका छन् ।

पक्राउ परेकी माइलीलाई बुधबार जिल्ला अदालतमा कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

आइतबहादुरले दिनहुँ जसो मदिरा सेवन गर्ने र श्रीमन–श्रीमतीबीच बारम्बार झैझगडा र कुटपिट हुने गरेको प्रहरीले जनाएको छ । श्रीमानले आफ्नो चरित्रमाथि बारम्बार शंका गर्ने, दैनिक जसो मदिरा सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने कारणबाट आजित भई घाँटी थिची हत्या गरेको आरोपितले प्रहरी समक्ष बयान दिएको डीएसपी दाहालले बताए । ‘घटनाको प्रकृति, घटनास्थलको अवस्थालाई मध्यनजर गरि सुक्ष्म ढंगले अनुसन्धान गर्दा हत्या भएको खुल्न आयो,’ दाहालले भने ।

घटना भएको दिन सोमबार राति पनि आइतबहादुरले माइलीलाई चोटपटक लाग्ने गरी कुटपिट गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?