गण्डकी प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

कास्की — चार विधेयक पारित गर्दै गण्डकी प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएको छ । मंगलबारको बैठकले प्राइभेट फर्म दर्तासम्बन्धी र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित गरेको हो ।

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन अन्त्य

दुई महिनापछि भदौ २९ मा बसेको प्रदेशसभा बैठकमा यी दुवै विधेयक टेबुल गरिएको थियो । विधायन समितिमा दफावार छलफलपछि सभापति विष्णुप्रसाद लामिछानेले सोमबारको प्रदेशसभा बैठकमा विधेयक पेस गरेका थिए । यो अधिवेशनमा विनियोजन र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (बजेट) असार ३० मा पारित भएको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार यो अधिवेशनमा २८ बैठक बस्यो । यही क्रममा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए । लगत्तै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको गठबन्धनको सरकार गठन भएको छ भने नयाँ सरकारले विश्वासको मत प्राप्त गरिसकेको छ । प्रदेशसभाले अहिलेसम्म ४८ विधेयक पारित गरेकोमा ४६ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?