कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आगलागीमा घाइते भएकी महिलाको ५ दिनपछि उद्धार

हरिराम उप्रेती

गोरखा — आगलागीमा घाइते भएकी धार्चे गाउँपालिका–२ रुन्चेतकी ४४ वर्षीया गर्बी गुरुङको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको छ । असोज १ गते राति बाख्राको खोरमा आगलागी हुँदा गुरुङ जलेर घाइते भएकी थिइन् । 

आगलागीमा घाइते भएकी महिलाको ५ दिनपछि उद्धार

शरीरका विभिन्न भाग जलेर गम्भीर घाइते भएकी गुरुङको आर्थिक अवस्था कमजोर हुँदा उपचार र उद्धारमा ढिलाइ भएको थियो । मंगलबार हेलिकोप्टरमार्फत गुरुङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएको स्थानीय एलिजा गुरुङले बताइन् ।

सोमबार नै गुरुङलाई उपचारका लागि काठमाडौं लैजाने प्रयास भए पनि मौसम खराबीका कारण हेलिकप्टर उड्न सकेको थिएन ।आर्थिक अवस्था कमजोर रहेकाले उपचारमा सहयोगका लागि उनका परिवारले आग्रह गरेका छन् ।

प्रकाशित : आश्विन ५, २०७८ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?