कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बागलुङमा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

बागलुङ — जिल्लाका ४२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । पूर्ण खोपको डोज लगाउनेसमेत ३६ प्रतिशत पुगिसकेका छन् । 

बागलुङमा ४२ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौका अनुसार ५६ हजार ७ सय ८ जनाले पूर्ण खोप पाएका हुन् । ६६ हजार ९ सय ९२ जनाले पहिलो डोज लगाइसकेका छन् । उनीहरूका लागि पनि दोस्रो डोजको तयारी भइरहेको छ । उनीहरूले दोस्रो डोज लगाइसक्दा १ लाख २३ हजारमा पूर्ण खोप पुग्नेछ ।

बागलुङको कुल जनसंख्या २ लाख ६८ हजार भए पनि अधिकांश विदेशमा भएकोले जिल्लाभित्रको सक्रिय जनसंख्यामा खोपको यो मात्रा उल्लेख्य भएको बताईन्छ । १८ वर्ष माथिका कक्षा ११ र १२ मा अध्ययन गर्नेमध्ये २ हजार ६ सय ६६ जनाले खोप लगाएका छन् ।

खोपको मात्रा बढेपछि संक्रमण दर घटेको छ । दैनिक एक सय जनासम्म संक्रमित भेटिने गरेकोमा अहिले घटेर दैनिक १० देखि १५ जनासम्म मात्रै भेटिन थालेका छन् । जिल्लामा शुक्रबारसम्म ७९ जना मात्रै कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये केही पालिका भने शून्य अवस्थामा छन् । जिल्लामा अहिलेसम्म २६ हजारभन्दा धेरैको कोरोना परीक्षण गरिएको छ । तीमध्ये ७ हजार ४ सय बढी संक्रमित भएका थिए । जिल्लामा कोरोना संक्रमणकै कारण ७० जनाको मृत्युसमेत भएको छ ।

प्रकाशित : आश्विन ३, २०७८ १२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?