३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

एमालेकै नेतृत्वमा चुनाव : भट्टराई

प्रतीक्षा काफ्ले

कास्की — नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेकै नेतृत्वमा चुनाव हुने बताएका छन् । शुक्रबार प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमालेको सरकार बन्ने दाबी गरेका छन् । उनले नेकपा एमालेकै नेतृत्वमा चुनाव हुन आवश्यक रहेको जनाए ।

एमालेकै नेतृत्वमा चुनाव : भट्टराई

वर्तमान सरकार असफल भई सकेको भन्दै बजेट होलिडेका कारण आर्थिक र वित्तीय अनुशासनबिहीनता तर्फ मुलुक गएकोमा भट्टराईले चिन्ता व्यक्त गरे । ६५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु नै सरकारको असफलता र असक्षमता भएको उनले बताए ।

भट्टराईले पार्टी विभाजन दुःखद रहेको बताए । ‘पार्टी विभाजनको असर तल्लो तहसम्म परेको छैन,’ उनले भने, ‘विभाजनले जम्मा ५ प्रतिशत मात्र असर गरेको छ । फुटेर गएकाहरु पनि एमाले पार्टीमै फर्किनुको विकल्प छैन् ।’

उनले माधनकुमार नेपाल पनि एमालेमा नै फर्किनुको विकल्प नरहेको बताए । उनले गण्डकी प्रदेश सरकारले ल्याएको आमसञ्चार विधेयकमाथि पनि बोलेका थिए । सरकारले ल्याएको विधेयकमा पत्रकारलाई लगाउने अंकुशप्रति एमालेको समर्थन नरहने बताए ।

प्रकाशित : आश्विन १, २०७८ ११:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?