२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तनहुँमा ट्रक दुर्घटना : चालकको मृत्यु, एक घाइते

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत जिल्लाको व्यास नगरपालिकास्थित मुसेखोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्  ।

बिहीबार राति साढे १२ बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको तनहुँ प्रहरीले जनाएको छ ।

सवारमध्ये ठेगाना र नाम नखुलेका अन्दाजी २९ वर्षका ट्रक चालकको मृत्यु भएको छ भने नवलपुर, कावासोतीका १४ वर्षका राजकुमार विक घाइते भएका छन् । घाइतेको सामान्य अवस्थामा दमौली रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : आश्विन १, २०७८ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?