कान्तिपुरकर्मी परियार पुरस्कृत 

पोखरा — यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका पोखरा संवाददाता दीपक परियारलाई प्रदान गरिएको छ । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप आयोजना गर्दै आएको सहारा क्लबले बुधबार परियारलाई पुरस्कृत गरेको हो । 

कान्तिपुरकर्मी परियार पुरस्कृत 

क्लबको २३ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशन समारोहमा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङले परियारलाई पुरस्कार हस्तान्तरण गरे । पुरस्कारको राशि २० हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

क्लबका सल्लाहकार एवं पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले परियारलाई यस वर्षको लागि उत्कृष्ट खेल पत्रकारको रुपमा छनोट गरेको थियो । खेलकुदलाई प्राथमिकतामा राखेर समाचार प्रकाशन एवं प्रसारणमा योगदान पुर्‍याउने एकजना खेल पत्रकारलाई क्लबले हरेक वर्ष आफ्नो वार्षिकोत्सवमा सम्मान गर्दै आएको छ ।

पोखरामा रहेर डेढ दशकदेखि पत्रकारिता गरिरहेका परियारले यसअघि मिना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, बाबा आनन्द सञ्चार पुरस्कार, अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार, सुशासन पत्रकारिता पुरस्कार, सोफाज लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।


प्रकाशित : भाद्र ३०, २०७८ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?