कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अवैध उत्खनन्‌मा संलग्न पक्राउ

घनश्याम खड्का

म्याग्दी — अवैध उत्खनन् रोक्न गएका सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

अवैध उत्खनन्‌मा संलग्न पक्राउ

बेनी नगरपालिका, १ का कृष्ण बोगटी, सुराकी डोलेन्द्र खत्री र एक्स्काभेटर चालक श्यामबाबु चौधरीलाई पक्राउ गरी जिल्ला अदालतबाट अभद्र व्यवहारमा ७ दिनको म्यादथप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आइतबार राति ११.३० बजे बेनी नगरपालिका, १ आनन्दबगर क्षेत्रको कालीगण्डकी नदीबाट एक्स्काभेटर चलाएर बालुवा झिकिरहेका बेला घटनास्थलमा पुगेका सादा पोसाकका सुरक्षाकर्मीलाई उनीहरूले अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘कालीगण्डकी नदीबाट अवैध उत्खनन् र तस्करी भइरहेको सूचनाका आधारमा घटनास्थल पुग्दा एक्स्काभेटरको बत्तीसमेत नबाली उत्खनन् भइरहेको भेटियो । सुरक्षाकर्मीको पहिलो टोलीमाथि नाइके र चालकले अपशब्द बोले र आक्रमण प्रयास गरे । दोस्रो टोली पुगेपछि उनीहरूलाई नियन्त्रणमा लिन सकियो,’ जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामकुमार राईले भने, ‘नदीजन्य पदार्थको अवैध उत्खनन् र तस्करीमा संलग्न व्यक्ति र एक्स्काभेटर एक महिनाअघि सोही स्थानबाट नदीजन्य पदार्थको व्यापक अवैध उत्खनन् र तस्करीमा संलग्नभै कारबाही भोगेका थिए ।’

जिल्ला अनुगमनतथा समन्वय समितिले असार, साउन र भदौ तीन महिना नदी तथा खोलाबाट कुनै पनि उपकरण प्रयोग गरेर उत्खनन् गर्न रोक लगाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको ढुङ्गा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–०७७ ले जिल्ला समन्वय प्रमुखको अध्यक्षतामा, प्रजिअ, जिल्ला प्रहरी, सशस्त्र, अनुसन्धान विभाग, कोष तथा लेखा नियन्त्रण कार्यालय, घरेलु विकास समितिसमेत रहने जिल्ला अनुगमन तथा समन्वय समिति रहने व्यवस्था गरेको छ ।


प्रकाशित : भाद्र ३०, २०७८ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?