मनाङमा ३ दिनदेखि बेपत्ता कामदारको शव भेटियो

आश गुरुङ

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका ५, सब्जेको स्याउ फार्ममा कार्यरत गोरखाका ४३ वर्षीय क्षेत्रबहादुर गुरुङ हराएको ३ दिनपछि मृत भेटिएका छन् । डीएसपी सुवास खड्काका अनुसार मुङ्जे र सब्जेबीचको मर्स्याङ्दी नदीमाथि रहेको पुलबाट झण्डै २ किलोमिटर तल हुम्डे नजिकै ङोरुडाँडामुनी मर्स्याङ्दी नदी किनारमा मंगलबार शव फेला परेको हो ।

मनाङमा ३ दिनदेखि बेपत्ता कामदारको शव भेटियो

गोरखाको गण्डकी गाउँपालिका २, ताङ्लीचोकका गुरुङलाई २६ गते शनिबार राति मुङ्जेमा खाजा खाएर फर्किने क्रममा मर्स्याङ्दीले बगाएको थियो ।

घटनापछि हुम्डे सीमा प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय चामेबाट खटिएको प्रहरी टोलीले दिनदिनै खोजी गरेको र मंगलबार मध्यान्हतिर शव फेला परेको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि मनाङ जिल्ला अस्पताल चामेतर्फ ल्याउँदै गरेको उनले बताए ।

प्रकाशित : भाद्र २९, २०७८ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?