१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बाढीले लघुजलविद्युत्‌को नहर र पावरहाउस बगायो

घनश्याम खड्का

म्याग्दी — धवलागिरि गाउँपालिका–२ लुलाङस्थित दरखोलामा आएको बाढीले ४२ मेगावाट क्षमताको दोस्रो दरखोला लघुजलविद्युत् परियोजना बगाएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार आइतबार राति आएको बाढीले परियोजनाको नहर तथा पावरहाउस सबै बगाएको छ ।

वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् परियोजना निर्माण भएको थियो ।

८ वर्षअघि पनि सोही खोलाको बाढीले लम्सुङबस्तीनजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुन: एक किलोमिटर माथि सारिएको थियो । बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएका छन् ।


प्रकाशित : भाद्र २१, २०७८ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?