कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

तनहुँमा खोलाले बगाएका ६ जनाको सकुशल उद्धार

सम्झना रसाइली

तनहुँ — भिमाद नगरपालिका–६ स्थित मालेबगरमा शुक्रबार खोलाले बगाएका ६ जनालाई सकुशल उद्धार गरिएको छ । घिरिङबाट भिमादतर्फ आउँदै गरेको ग १ च ५१९० नम्बरको बोलेरो जिपलाई खोला तर्ने क्रममा बगाएपछि सबैलाई प्रहरीले उद्धार गरेको थियो ।

जिपमा सवार एक महिला, चार पुरुष र एक बालकलाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका बताए । उनले भने, ‘घटनामा मानवीय क्षति नभए पनि जिप भने खोलामा डुबेको अवस्थामा छ ।’

बिहीबार रातिदेखि पानी परेकाले खोला बढेको अवस्थामा जिप पार हुन लाग्दा बगाएको खबर पाएपछि भिमादस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक सुरज सदाशङ्करको नेतृत्वमा सात प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रकाशित : भाद्र १८, २०७८ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?