१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दाउन्नेमा पहिरो जाँदा राजमार्ग ठप्प

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो । 

वर्षात भइरहेकाले पहिरो हटाउन नसकिए प्रहरीले जनाएको छ । महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम लागेको गाडीलाई दुम्कीवास र बर्दघाटमा रोकिएको छ । पूर्वी नवलपरासीमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ ।

प्रकाशित : भाद्र १८, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?