कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोभिडको चपेटामा चेपाङ

हरिराम उप्रेती

गोरखा — मजदुरीबाट फर्किएपछि विहानभरिको थकान र पसिनाको प्रवाह नगरी गण्डकी गाउँपालिका–७ छत्तिवन गैराका डुन्डु चेपाङ राजमार्ग छेउ झरे । गाउँपालिकामा कोभिडबाट प्रभावित चेपाङ समुदायलाई वितरण गरिएको राहत थाप्न उनी राजमार्ग क्षेत्रमा पुगेका हुन् ।

कोभिडको चपेटामा चेपाङ

‘श्रीमती छैन, दुई भुरा (सन्तान) छन्,’ राहतमा एक बोरा चामल पाएपछि उनले भने, ‘अब दसैंसम्म पुर्‍याउँछु ।’ कोभिड–१९ पछि ज्यालामा काम भने कम पाइन थालेको उनको गुनासो छ ।

गण्डकी गाउँपालिका क्षेत्रमा चेपाङ समुदायको बाहुल्य छ । मजदुरीलाई मुख्य पेशा रहेका चेपाङ समुदाय पनि छन् । कोभिड त्रासबीच मजदुरी गर्नेहरू भने समस्यामा छन् । क्षेत्रीखोलाका साजन चेपाङ निषेधाज्ञा अघिसम्म मजदुरीका लागि पोखरा, लमजुङ पुग्थे । तर वैशाखयता काम पाउन छाडेको साजनको गुनासो छ । ‘पाँच महिना हुन लाग्यो फुर्सदिलो बस्नुपरेको छ,’ उनले भने, ‘लेवर काम गर्दा पनि मासिक २४ हजारसम्म कमाइ हुन्थ्यो, अहिले कामै पाइएन, घरतिरै थन्किएर बस्नुपरेको छ ।’ यस्तै फुलमाया चेपाङ ज्यालामा काम नपाउँदा समस्या थपिएको गुनासो गर्छिन् ।

कोभिड–१९ बाट प्रभावित चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको हो । संभव नेपालमार्फत् करिब आठ सय चेपाङलाई चामल, दाल, नुनलगायत खाद्यान्न वितरण गरिएको हो । यसले कोभिडका कारण समस्यामा परेकालाई राहत मिलेको गण्डकी गाउँपालिका अध्यक्ष होमवहादुर रानाले बताए ।

प्रकाशित : भाद्र १७, २०७८ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?