१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कालीगण्डकीको बाढीले भत्कायो मानपुर–डेढगाउँ पुल

नारायण शर्मा

पूर्वी नवलपरासी — बौदीकाली गाउँपालिका र तनहुँको बीचमा रहेको मानपुर–डेढगाउँ पुल काली गण्डकीको बाढीले भत्काएपछि आवगमन बन्द भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले मंगलबार पुलको तनहुँतर्फको (पूर्वीउत्तर) खण्ड बगाएको हो । बाढीले पुलसँग जोडिएको जमिनको करिब १५ देखि २० मिटर भाग बगाएर लगेको छ ।

कालीगण्डकीको बाढीले भत्कायो मानपुर–डेढगाउँ पुल

बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार पुल जमिनबीचको भाग बाढीले भत्काएर लगेका कारण आवागमन बन्द गरिएको छ ।

मंगलबार गाउँपालिकाले एक सूचना सार्वजनिक गरेर त्यहाँबाट आवागमन बन्द गरिएको सर्वसाधारणमा जानकारी गराएको छ । पाँच दिनसम्मको वर्षापछि गण्डकीमा आएको बाढीले पुलको उत्तर पूर्वी भाग बगाएको हो ।

पूर्वी नवलपरासीको दुर्गम उत्तरी यो पुलले बौदीकाली गाउँपालिका र तनहुँको घिरिङ गाउँपालिका जोड्छ ।

प्रकाशित : भाद्र १५, २०७८ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?