दाउन्नेमा फेरि पहिरो, महेन्द्रराजमार्ग अवरुद्ध

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।

दाउन्नेमा फेरि पहिरो, महेन्द्रराजमार्ग अवरुद्ध

पहिरो गएको स्थानमा रोकिएका गैंडाकोटका हरि पौडेलका अनुसार दुम्किबास बजारदेखि ३ किलोमिटर पश्चिममा राजमार्गमा पहिरो खसेका कारण ४ बजेबाट यातायात अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक ठाउँठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको छ । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका सवारीसाधन प्रहरीले दुम्कीबासमा रोकिदिएको छ भने बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडी बर्दघाटमा रोकिएको छ ।


महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सीबाट पश्चिम गएका गाडी फेरि दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि दाउन्नेमा पानी परेकाले समस्या भएको प्रहरीको भनाई छ । दाउन्नेको सडकमा बाढीको भल बगेका कारण सडक हिलाम्य छ ।


प्रकाशित : भाद्र १४, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?