कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गैंडाकोटमा राजमार्ग अवरुद्ध, यात्रुको बिजोग

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वपश्चिम राजमार्गको गैंडाकोटस्थित थुम्सी डाइभर्सनमा गाडी फसेपछि चार दिनदेखि यातायात अवरुद्ध छ । प्रहरीका अनुसार सडक फराकिलो पार्ने क्रममा बनाइएको डाइभर्सनको लेदोमा गाडी फसेका कारण यातायात अवरुद्ध भएको थियो ।

गैंडाकोटमा राजमार्ग अवरुद्ध, यात्रुको बिजोग

बिहीबार राति ९ बजे डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध छ । डाइभर्सन बनाएर आवागमन खुलाएको केही बेरमै बगाउने गरेका कारण पटकपटक यातायात अवरुद्ध हुने गरेको हो । सडक विस्तार ठेक्का लिएको कम्पनीले समयमै काम नगरेका कारण यो समस्या आएको स्थानीयले बताएका छन् ।

जाम छिचोल्न नसकेका सयौं गाडी गैंडाकोट र भेडाबारीमा रोकिएका छन् । नारायणगढ बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुख इन्जिनियर रमेश दृष्टि यो अस्थायी डाइभर्सन पक्की बनाउन नमिल्ने भएकाले यस्तै समस्या रहिरहने बताउँछन् । उनले भने, ‘हामी सडक सुचारु गर्ने ध्याउन्नमै छौं, वर्षातले डिस्टर्ब भएको छ । पानी नरोकिएसम्म चाँडो गर्ने कुनै उपाय छैन ।’

आइतबार साँझसम्म पनि वर्षा रोकिएको छैन, यातायात पनि अवरुद्ध छ । बुटवल–नारायणगढ खण्डको ११४ किलोमिटर फराकिलो पार्ने ठेक्का पाएको कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले वर्षामा डाइभर्सन बगाउँछ भन्ने जान्दाजान्दै समयमै काम नगरेकाले यो समस्या आएको योजना प्रमुख दृष्टिको भनाइ छ ।

प्रकाशित : भाद्र १३, २०७८ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?