नारायणीको बहावले खतरा तह पार गर्नसक्ने

नारायण शर्मा

पूर्वी नवलपरासी — चार दिनदेखिको वर्षाले नारायणी नदीमा पानीको सतह खतारको तह पार गर्नसक्ने देखिएको छ। हाल नदीमा पानी सतह ७ दशमलव ८९ मिटरभन्दा माथि पुगेको छ । नारायणीमा पानीको सतह ७ दशमलव ६ मिटरभन्दा माथि जानु भनेको वार्निङ लेभल (चेतावनी तह) पार गरेर खतरातर्फ उन्मुख हुनु हो ।

नारायणीको बहावले खतरा तह पार गर्नसक्ने

देवघाट जलमापन केन्द्रका अनुसार नारायणी नदीमा साढे ५ बजे नारायणीमा पानीको सतह ७ दशमलव ८९ मिटरभन्दा माथि पुगेको छ । नारायणीमा पानीको सतह ९ मिटर भन्दा माथि देखिएपछि खतराको तह पार गरेको ( डेन्जर लेबल) भन्ने बुझिन्छ ।

जिल्ला प्रशासन कार्यालयले नारायणी नदी आसापासमा सर्तक अबस्थामा रहन सर्बसाधारणलाई अनुरोध गरेको छ । लगातारको वर्षादले खोला नालामा समेत पानी बढेकोले नारायणीमा पानीको सतह बढदो छ ।

नारायणीको मुहान मुक्तिनाथदेखि पुछारको त्रिवेणीधामसम्म लगातारको वर्षाका कारण नारायणीमा बाढी बढ्दो छ ।

नारायणी नदी किनारको देवघाट र त्रिवेणीधाममा राखिएको जलमापन सूचना केन्द्रले पानीको सतह ९ मिटर भन्दा माथि पुगेपछि (खतराको तह) आफै साइरन बज्ने गर्छ ।

प्रकाशित : भाद्र १३, २०७८ १७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?