३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

गोरखामा काठे पुलबाट चिप्लिएर एक जना बेपत्ता

गोरखा

काठमाडौँ — चुमनुब्री गाउँपालिका–१ सामागाउँको खङ्सारस्थित काठे पुलबाट खसेर ३२ वर्षीय धावारेतार लामा बेपत्ता भएका छन् ।

लेकबाट घोडा चराएर घर फर्कने क्रममा काठे पुलबाट चिप्लिएर घ्याल्बो खोलामा खसेर बेपत्ता भएका लामाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । स्थानीयको सहयोगमा प्रहरी चौकी सामागाउँबाट खटिएको प्रहरीले लामाको खोजी गरिरहेको उनले बताए ।

प्रकाशित : भाद्र १३, २०७८ १४:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?