कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गैंडाकोटको थुम्सीमा फेरि जाम

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्व पश्चिम राजमार्गको गैंडाकोटस्थित थुम्सी डाइभर्सनमा गाडी फसेपछि यातायात अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार सडक फराकिलो पार्नेक्रममा बनाइएको डाइभर्सनको लेदोमा गाडी फसेका कारण बिहान ८ बजेदेखि यातायात अवरुद्ध भएको हो ।

गैंडाकोटको थुम्सीमा फेरि जाम

शुक्रबार राति ९ बजे त्यहाँको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । डाइभर्सन बनाउँदा ह्युमपाइप राखेर ग्राभेलले पुरिएको छ । समयमा नै सडक निर्माण नहुँदा पानी पर्नसाथ ग्राभेल बगाएपछि लेदो जम्दा गाडी फस्ने गरेका छन् ।

गैंडाकोट प्रहरीले डाइभर्सन गरिएको सडकमा केहीबेर गाडी सञ्चालन हुने र गाडी फस्नासाथ रोकिने गरेकाले गाडीको लाम बढेको जनाएको छ ।

सडक फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ कम्पनीले समयमै काम नगरेका कारण यो समस्या आएको हो । जाम छिचोल्न पालो कुरेर बसेको सयौं गाडि गैंडाकोट र भेडाबारीमा रोकिएका छन् ।

प्रकाशित : भाद्र १३, २०७८ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?