कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

गोरखामा छोरी बलात्कारको आरोपमा दुई पक्राउ

हरिराम उप्रेती

गोरखा — छोरीलाई बलात्कारको आरोपमा पालुङटार नगरपालिका–८ का ३७ वर्षीय बाबु र ३२ वर्षीय काका पक्राउ परेका छन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था विग्रँदै गएपछि सोधपुछ गर्दा बाबु र काकाबाट बलात्कृत भएको खुल्न आएको प्रहरीले जनाएको छ । आरोपित दुवैलाई प्रहरीले साउन २२ गते पक्राउ गरेको हो ।

३७ वर्षीय बाबुले विगत दुई वर्षदेखि बालिकालाई ललाईफकाइ बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए । पीडित बालिकाको ३२ वर्षीय काकाले २०७७ साल कार्तिकमा फकाइ फुलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ ।

पीडित बालिका गत वैशाखमा बिरामी परेपछि स्थानीय अस्पतालमा उपचार गराइएको थियो । तर निको नभएपछि असार २७ गते काठमाडौं थापाथलीस्थित प्रसूति गृह पुर्‍याइएको थियो । उपचारको क्रममा बालिकाको पाठेघरमा समस्या देखिएपछि पीडितको फुपूले बालिकालाई फकाइफुलाई सोद्ध्दा बाबु र काकाबाट बलात्कृत भएको बताएकी थिइन् । पीडितको फुपूमार्फत नै साउन २२ गते प्रहरीमा उजुरी दर्ता भएको डिएसपी दाहालले बताए । उनका अनुसार पीडित बालिकाको आमाले दुई वर्षअघि दोस्रो विवाह गरिसकेकी थिइन् ।

आइतबार आरोपितविरुद्ध जिल्ला अदालत गोरखामा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण २४, २०७८ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x