१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बागलुङमा खोलामा डुबेर युवतीको मृत्यु

कान्तिपुर संवाददाता

बागलुङ — खेतमा घाँस काट्न गएकी युवतीको मंगलबार खोलामा डुबेर मृत्यु भएको छ । काठेखोला गाउँपालिका ७ रेशकी २० वर्षीया मनकुमारी कार्की दिउँसो साँढे ४ बजे स्थानीय ढावाखोलामा डुबेर मृत्यु भएको प्रहरीले बतायो । 

घटनाको जानकारीलगत्तै प्रहरी चौकी दोबिल्लाबाट गएको टोलीले घटनास्थल पुगेर उद्दार गरेको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए । घटनाको अनुसन्धानसमेत भइरहेको उनले बताए ।

त्यस्तै बागलुङ नगरपालिका ९ तित्याङकी ५० वर्षीया टीका थापा कालीगण्डकीमा बगेर बेपत्ता भएकी छिन् । बागलुङ नगरपालिका १ को निरयघाटबाट सोमबार बेलुकी उनी हाम फालेपछि अहिलेसम्म नभेटिएकी हुन् । थापाकी छोरी शर्मिलाको जाहेरीको आधारमा प्रहरीले टोली खटाएर नदीमा खोजी गरेको छ । नदी किनारमा महिलाको चप्पल भेटिएपछि खोजी थालेको हवारीले जानकारी दिए ।


प्रकाशित : श्रावण १९, २०७८ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?