१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख पृथ्वीमान गुरुङले सोमबार पदभार ग्रहरण गरेका छन् । संघीयता कार्यान्वयन सुरु भएको साढे ३ वर्षको अवधिमा गुरुङ गण्डकी प्रदेशमा चौथो प्रदेश प्रमुख हुन् ।

गण्डकी प्रदेश प्रमुख गुरुङद्वारा पदभार ग्रहण

सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो ३ बजे पदभार ग्रहण गर्दै गुरुङले आफू गण्डकी प्रदेशको अभिभावकको रुपमा रहेर संविधान र कानुनको परिधिलाई मध्यनजर गर्दै हरेक परिस्थितिमा सहजीकरण गर्ने बताए । ‘सबै राजनीतिक दलहरुलाई मिलाएर लैजाने प्रयास रहनेछ’ उनले भने, ‘प्रदेशको अभिभावकको भूमिका निभाउँछु ।’ पदभार ग्रहण कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रमुख सचिव, कास्कीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखलगायतको उपस्थिति थियो ।

गुरुङलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ मा प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् । हालसम्म उनी गण्डकीमा चौथो प्रदेश प्रमुख भएका छन् । २०७४ माघ ३ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले गण्डकीमा बाबुराम कुँवरलाई प्रदेशप्रमुख नियुक्त गरेको थियो । त्यसपछि २०७६ कात्तिकमा केपी ओली सरकारले उनलाई हटाएर अमिक शेरचनलाई पठायो । गत बैशाख २० मा शेरचनलाई हटाएर सीताकुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरियो । २ महिना २४ दिनमै पौडेललाई हटाएर अहिलेको सरकारले गुरुङलाई पठाएको हो ।

प्रकाशित : श्रावण १८, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?