कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शिक्षक धर्नामा

कान्तिपुर संवाददाता

बागलुङ —  शिक्षकलाई निजामती कर्मचारीसरहको सेवा सुविधासहित ३४ बुँदे माग राखेर यहाँका शिक्षकले रिले अनशन तथा धर्ना दिएका छन् ।

शिक्षक धर्नामा

नेपाल शिक्षक महासंघको नेतृत्वमा जिल्लाका १० वटै पालिका र शिक्षा विकास तथा समन्वय इकाइमा अनशन बसेका हुन् । माग पूरा नभए कडा संघर्षका कार्यक्रम ल्याउने महासंघ बागलुङका अध्यक्ष उमाकान्त पौडेलले बताए ।

उनीहरूले शिक्षक सेवा आयोगलाई संवैधानिक शिक्षा आयोग बनाइनुपर्ने, विद्यालय व्यवस्थापन समिति गठनबारे शिक्षा ऐनमा व्यवस्था हुनुपर्ने, शिक्षकलाई कोभिडविरुद्धको खोप, सामुदायिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिनुपर्ने माग राखेका छन् ।

‘शिक्षकका धेरै मागमा सरकारले आश्वासन मात्रै दिएको छ, पूरा गरेको छैन,’ धौलागिरि बहिरा माविका प्रअ रेशमबहादुर श्रीषले भने, ‘बिदा, ग्रेडलगायतका धेरै सेवाबाट शिक्षक ठगिएका छन्, त्यो पूरा हुनुपर्ने माग हो ।’

प्रकाशित : श्रावण १७, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?