हिउँचितुवाको आक्रमणबाट खच्चड र घोडा मरे

हरिराम उप्रेती

गोरखा — चुमनुव्री गाउँपालिका–६चुम्चेतमा हिउँचितुवाको आक्रमणबाट घोडा र खच्चड मरेका छन् ।

चुम्चेतको लेकमा चरनका लागि छाडिएका ११ वटा खच्चड र एउटा घोडा हिउँचितुवाले मारेको चुम्लिङका स्थानीय लोप्साङ लामाले बताए ।

‘पहिरोले बाटो अवरुद्ध छ, खच्चडलाई चरनका लागि छाडिएको थियो,’ उनले भने,‘एक साताको बीचमा १२ वटा खच्चड र एउटा घोडालाई चितुवाले मारेछ ।’ मनास्लु पदमार्ग अवरुद्ध भएपछि खच्चडलाई लेकमा चरनका लागि छाडिएको थियो ।

प्रकाशित : श्रावण १५, २०७८ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?