कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

म्याग्दीमा जिप पल्टँदा एकको मृत्यु, आठ जना घाइते

घनश्याम खड्का

म्याग्दी — धवलागिरि गाउँपालिका–७ धारापानीनजिक वादिकाको भिरमा यात्रुवाहक जिप पल्टँदा एक जनाको मृत्यु भएको छ । ताकमबाट सदरमुकाम बेनीतर्फ गइरहेको ग१ज ६८०५ नम्बरको जिप शुक्रबार बिहान ११ बजे सडकबाट खसेको हो । 

दुर्घटनामा ताकमकै २७ वर्षीय विशाल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते चालकसमेत ८ जनाको मालिका गाउँपालिकाको केन्द्र दरवाङस्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

‘घाइतेको थप विवरण आउन बाँकी छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले भने, ‘ओरालो सडकबाट भिरतर्फ गुल्टेको गाडी संयोगले सल्लाको रुखमा अड्केकाले थप मानवीय क्षति भएन ।’

प्रकाशित : श्रावण १५, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?