कालीगण्डकीमा बगेर दुई बालक बेपत्ता

प्रकाश बराल

बागलुङ — कालीगण्डकी नदीमा पौडी खेल्न जाँदा दुई बालक बगेर बेपत्ता भएका छन् । बिहीबार दिउँसो १ बजे बागलुङ नगरपालिका-१ को निरयघाटमा पौडी खेल्न जाँदा १३ वर्षीय अभिषेक विक र यमन भनिने यमबहादुर पुन नदीले बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले बताए ।

उनीहरुको खोजी भइरहेको छ ।

बेपत्ता भएका बालकहरु ताराखोला गाउँपालिकाका हुन् । उनीहरुसँगै पौडी खेल्‍न गएका भिसन पुन र प्रश्न विक सकुशल छन् ।

प्रकाशित : श्रावण १४, २०७८ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?