१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सामूहिक बलात्कार आरोपमा २ पक्राउ, ३ फरार

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । घटनामा संलग्‍न अन्य ३ जना फरार रहेको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कार आरोपमा २ पक्राउ, ३ फरार

साउन ५,६ र ७ गते ती युवाहरुले किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्थानीय २४ वर्षीय अशोक गुरुङ र देवराज सुनारलाई पक्राउ गरिएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

पीडितले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनमा संलग्‍न अन्य ३ जना फरार रहेको डीएसपी तिमिल्सिनाले बताए । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण १०, २०७८ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?