नवलपरासीमा बालिकाको हत्या

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको देवचुली नगरपालिका–६ मिर्तुङ्ग गाउँमा पाँच महिने बालिकाको हत्या भएको छ ।

प्रहरी प्रवक्ता दिलिप गिरीका अनुसार शुक्रबार देवचुली–६ बस्ने कर्णबहादुर सारुले मादक पदार्थ सेवन गरी आफ्नै मामा पदमबहादुर बाह्रघरेसँग झगडा गर्ने क्रममा पदमबहादुरकी ५ महिनाकी छोरी धनमाया बाह्रघरेलाई उचालेर घरको पिँढीमा फालेका थिए ।

कर्णबहादुरले मामासँगको झगडामा कोक्रामा सुतेकी नाबालिकालाई शुक्रबार साँझ उचालेर भुइँमा बजारेका थिए । गम्भीर घाइते बालिकाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीमा मृत्यु भएको प्रहरी प्रवक्ता गिरीले बताए । गिरीले कर्णबहादुर सारुलाई नियन्त्रणमा लिइ कर्तव्य ज्यान कसुरमा मुद्दा अगाडि बढाइएको जानकारी दिए ।


प्रकाशित : श्रावण १०, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?