३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कावासोतीको खेतमा बम फेला

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्वी नवलपरासीको कावासोतीस्थित खेतमा ग्रिनेड बम फेला परेको छ । कावासोती नगरपालिका वडा नम्बर १४ को पत्थर खोलामा बाँध बाँध्न स्याउला काट्ने क्रममा बम भेटिएको हो ।


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिलीप गिरीका अनुसार बम निष्क्रिय पार्न अरुणखोलास्थित सेनाको वन तथा पर्यावरण गणको टोली फिल्डमा खटिएको छ । बम कस्ले कुन प्रयोजनले राखेको हो भन्ने अनुसन्धान भइरहेको गिरीले जानकारी दिए ।


प्रकाशित : श्रावण ९, २०७८ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?