कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

गोरखा — ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पालुङटार नगरपालिकाका १८ वर्षीय काले भन्ने निरज कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार राति सुतिरहेकी बालिकालाई पाखोबारीमा लगेर करणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालले बताए ।

बिहीबार राति १० बजे ओछ्यानमा सुतेकी बालिका बेपत्ता भएपछि परिवारले खोजी गर्दा घरनजिकैको बाटोमा घाइते अवस्थामा रोइरहेको भेटेका थिए । अनुहार र टाउकोमा चोट देखिएपछि बालिकालाई उपचारका लागि परिवारका सदस्यले सदरमुकाम ल्याए ।

शुक्रबार परिवारले आरोपितविरुद्ध जाहेरी दिएका थिए । आरोपितविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए ।

प्रकाशित : श्रावण ९, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?