१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कांग्रेस जिल्ला सभापतिमा ३ आकांक्षी

नवलपरासी पूर्व — नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नवलपरासी पूर्व जिल्ला सभापतिमा ३ आकांक्षी मैदानमा उत्रिएका छन् । पुराना नेता महेन्द्रध्वज जीसी, हालका जिल्ला सभापति तथा प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछाने र जिल्ला सचिव बालकृष्ण घिमिरे दौडमा देखिएका छन् ।

कांग्रेस जिल्ला सभापतिमा ३ आकांक्षी

पञ्चायतकालदेखि नवलपरासीको पार्टी संगठनमा एकछत्र पकड जमाउन सफल जीसी जिल्लामा आफूलाई निर्विरोध सभापति दिइनुपर्ने अडानमा छन् । हालका पार्टी सभापति लामिछाने पनि अझ एक कार्यकाल आफूले पाउनुपर्ने भन्दै दौडधुप थालेका छन् ।

प्रदेशसभा सदस्यमा निर्वाचित लामिछानेको पार्टी सभापति रहेको अवस्थामा पूर्वी नवलपरासीमा कांग्रेसले सबै निर्वाचनमा विजयी भएकाले आफ्नो मूल्यांकन त्यसैका आधारमा हुने बताउँछन् । जिल्लाका ८ मध्ये ६ स्थानीय तहमा कांग्रेस विजयी भएको, दुई प्रदेशसभा सदस्य निर्वाचित गराउन सफल भएका कारण आफ्नो मूल्यांकन कार्यकर्ताले गर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभामा पार्टीका महामन्त्री डा. शशांक कोइराला निर्वाचित हुनु, प्रदेशसभामा २ जना र स्थानीय तहमा समेत विजयी भएका कारण संगठन मजबुत भएको पुष्टि हुने उनको दाबी छ । कांग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरे आफू जिल्ला सचिव भइसकेका कारण अब सभापतिमा आफ्नो स्वतः दाबी रहेको बताउँछन् ।

प्रकाशित : श्रावण ९, २०७८ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?