कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गोरखामा साउन २४ गतेसम्म थपियो निषेधाज्ञा

हरिराम उप्रेती

गोरखा — गोरखामा जारी निषेधाज्ञा साउन २४ गतेसम्म थपिएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले थप १५ दिन निषेधाज्ञा जारी गरेका हुन् । यसअघि साउन ९ गते(शनिबार) राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो ।

गोरखामा साउन २४ गतेसम्म थपियो निषेधाज्ञा

जिल्लामा नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर लिँदै संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रशासनका अधिकृत हर्क रोकाले बताए ।

निषेधाज्ञाको अवधिमा सबै प्रकारको सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, भेला, जात्रा, महोत्सव गर्न निषेध गरिएको छ । जिल्लाभित्र निजी तथा सार्वजनिक सवारी साधान भने यसअघि नै सञ्चालनमा छ । विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरुको पूर्वनिर्धारित परीक्षाहरु स्वास्थ्य सावधानी अपनाएर भौतिक दूरी कायम गरी सञ्चालन गर्न पाइने भएको छ । क्याम्पस विद्यालय लगायतका सबै शैक्षिक संस्था, तालिम प्रशिक्षक केन्द्रबाट भौतिक रुपमा उपस्थित भइ हुने पठनपाठन लगायतका शैक्षिक गतिविधिहरु सञ्चालनमा भने रोक लगाइएको छ ।

दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूल लगायतका पसलहरु बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ला रहेनछन् । यसअघि बिहान ५ बजेबाट साँझ ५ बजेसम्म मात्र खाद्यान्न पसल खुल्दै आएका थिए । होटल–लज सञ्चालनका सम्बन्धमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कुल कोठा संख्याको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्न पाइने र कोठाहरु प्रत्येक दिन अनिवार्य निसंक्रमण गर्नुपर्ने रोकाले बताए ।

प्रकाशित : श्रावण ८, २०७८ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?