२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७
मनाङमा बाढीको विताण्डा

मनाङको चामेमा झोलुंगे पुल पनि बगायो

आश गुरुङ

लमजुङ — मनाङ सदरमुकाम चामेमा रहेको एकमात्र झोलुंगे पुल पनि बाढीले बगाएको छ । सँगै रहेको बेलिब्रिज बाढीले बगाएर ल्याएको ढुंगामुढाले पुरेको छ ।

मनाङको चामेमा झोलुंगे पुल पनि बगायो

चामेमा रहेको झोलुंगे पुल बगाएपछि माथिल्लो मनाङसँगको सम्पर्कविच्छेद भएको छ । चामे गाउँपालिका ५ का वडाअध्यक्ष कैले गुरुङका अनुसार मंगलबार राति आएको बाढीले वडा नं ४ चामेबजारदेखि वडा नं ५ को पारी चामे जोड्ने झोलुंगे पुल बगाएको छ । यो माथिल्लो मनाङ जाने चामेस्थित एकमात्र झोलुंगे पुल हो ।

नेपाल प्रहरीका डीएसपी सुवास खड्काका अनुसार बेलिब्रिजले बाढी रोकिदिएपछि बाढीले धार परिवर्तन गर्दा झोलुंगे पुललाई पनि बगाएको हो । सशस्त्र प्रहरी बल नं ३२ गुल्म, चामे मनाङका डीएसपी होमनाथ पन्थीका अनुसार यसअघि बेलिब्रिज जोगाउन खोज्दा सकिएन । अहिले झोलुंगे पुल जोगाउन खोज्दा पनि सकिएन । ‘हामीले बगाउन लागेको लट्ठा तान्ने प्रयास गर्‍यौं । बाढीका कारण सकिएको छैन,’ उनले भने ।

निमित्त प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले पुलको दायाँबायााँको जिपलाई क्षति पुर्‍याएको छ । ‘बेलिब्रिज बाँध बनेर बाढी थुनिदिएपछि बाढी धार परिवर्तन गरी चामेतिर बगेको छ । बाढी बढेपछि लोकप्रिय माविलाई क्षति पुर्‍याउँदै झोलुंगे पुललाई हान्यो । अहिले झोलुंगे पुललाई बगायो,’ उनले भनिन् । उनका अनुसार पुलको लट्ठा तान्न खोजिए पनि पुनः पहिरो जानेजस्तो देखिएर छाडेको छ । ‘अब के गर्ने भन्न विषयमा प्रहरी, जनप्रतिनिधि, इन्जिनियर, हामी सबै छलफलमा जुटेका छौं,’ उनले भनिन् ।


प्रकाशित : श्रावण ६, २०७८ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?