कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यातायात खुले, सडक खुलेनन्

म्याग्दी — कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै जारी निषेधाज्ञा खुकुलो भएपछि बन्द यातायात सेवा शुक्रबारदेखि सञ्चालनमा आएको छ । डीसीसीएमसीले वैशाख २२ देखिको निषेधाज्ञा खुकुलो गरी सार्वजनिक यातायात खुलाउने निर्णय गरे पनि जिल्लाका अधिकांश मुख्य तथा ग्रामीण सडक पहिरोले अवरुद्ध छन् । 

यातायात खुले, सडक खुलेनन्

‘बेनी–बरंजा, बेनी–पुलाचौर र बेनी–झीं सडकमा जिप चल्नेबाहेक जिल्लाका अन्य सबै सडकमा पहिरोले यातायात अवरुद्ध छ,’ म्याग्दी यातायात व्यवसायी कम्पनीका अध्यक्ष सुमन श्रेष्ठले भने । बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा दैनिक पहिरो पन्छ्याएर यातायात सञ्चालन हुन्छ । तर पहिरो झर्ने क्रम नरोकिएकाले सडक प्रायः अवरुद्ध भइरहेको छ । यातायात व्यवसायीका अनुसार पहिरोले पुर्दा र भासिँदा सडक साँघुरो भएपछि साना जिप, भ्यान मात्र चल्न सक्ने अवस्था छ । तर ठूला बस सञ्चालन हुने सम्भावना छैन ।

बेनी–जोमसोम–कोरोला सडकको गलेश्वरमा पहिरोका कारण सातादेखि यातायात अवरुद्ध छ । ‘वारपार गर्नैपर्ने गाडी डोजर र ट्र्याक्टरको सहयोगमा पास गराइएको छ,’ प्रहरी निरीक्षक वीरेन्द्रकुमार श्रेष्ठले भने, ‘म्याग्दी खण्डमा केही दिनदेखि ३ ठाउँमा पहिरो पन्छ्याउने प्रयास जारी छ । ग्रामीण सडक पनि धेरै समयदेखि बन्द छन् ।’ घार, शिख हुँदै घोडेपानी पुग्ने सडक, गलेश्वर–बेग, महभीर–घराम्दी, बाबियाचौर–अर्मन, दरबाङ–रुम, देवीस्थान–मराङलगायत जिल्लाका अधिकांश ग्रामीण सडकमा यातायात ठप्प छ ।

प्रकाशित : श्रावण ६, २०७८ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?