३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लमजुङमा करेन्ट लागेर बालिकाको मृत्यु

आश गुरुङ

लमजुङ — राइनास नगरपालिका–७ सालफेंदीमा करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टेलिभिजन हेर्न भनी सेट्रोल बक्स छुँदा करेन्ट लागेर स्थानीय सृष्टि पाण्डेको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर जगदिश रेग्मीका अनुसार सोमबार बिहान ७ बजेतिर करेन्ट लागेकी बालिकाको उपचारको क्रममा ८ बजेर ३५ मिनेटतिर मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएकी सृष्टिको उपचारका क्रममा नजिकै गरमबेंसीस्थित सहोदर अस्पतालमा मृत्यु भएको रेग्मीले बताए । ‘बालिका टिभी खोल्न सेट्रोल बक्समा हात लगेछ । त्यहाँ तार सट भएर करेन्ट प्रवाह भएछ । हाई भोल्टेजका कारण बालिकालाई करेन्ट लागेर ढलिछन् । परिवारले उपचारको लागि अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरे,’ उनले भने ।

डीएसपी कृष्णबहादुर कार्कीले आफै घटनास्थल पुगेर यसबारे अनुसन्धान थालिएको बताए । ‘टिभी हेर्ने भनेर बक्समा हात पुर्‍याउाँदा नांगो तारमा छुन पुगिछन् । करेन्ट लागेर भुइँमा ढलेपछि परिवारले हारगुहार गरी अस्प्ताल पुर्‍याएछन् । बालिका गम्भीर घाइते भएकाले अस्पताल नपुग्दै बाटैमा मृत्यु भएको देखियो,’ उनले भने ।

बालिकाको शवको बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङमा पोष्टमार्टम गरी साँझपख परिवारलाई जिम्मा लगाइएको छ । मृतक बालिका धमिलिकुवास्थित शैलपुत्री मावि कक्षा २ मा पढ्दै आएकी थिइन् ।

प्रकाशित : श्रावण ४, २०७८ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?