मार्सल लगाएर गण्डकीमा बजेट पारित

प्रतीक्षा काफ्ले

कास्की — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद् बैठक लगातार अवरोध गरेपछि गण्डकीमा मार्सल लगाएर बजेट पारित गरिएको छ ।

मार्सल लगाएर गण्डकीमा बजेट पारित

बुधबार बसेको प्रदेश सभा बंठक लगातार तीन पटक स्थगित भएको थियो । चौथोपटक सुरु गरिएको बैठकमा ठूलो संख्यामा मर्यादापालक परिचालन गरी बजेट पारित गरिएको हो । यसभन्दा अघि एमालेले बजेट र योजनाको विषयमा २७ र २८ मा पनि पटक-पटक संसद् अवरोध गरेका थिए ।

बुधबार बिहान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको एमालेले उक्त पत्रको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेको हो ।

प्रकाशित : असार ३०, २०७८ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?