गण्डकी प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध

प्रतीक्षा काफ्ले

पोखरा — गण्डकी प्रदेशसभाको बैठक सोमबार पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेपछि दिउँसो १२ बजेसम्मलाई स्थगित गरिएको सभामुख नेत्रनाथ अधिकारीले बताए ।

गण्डकी प्रदेशसभा बैठक सोमबार पनि अवरुद्ध

गण्डकी प्रदेश सरकारले आफ्ना कार्यकर्ता पोस्न करोडौँ रुपैयाँ विनियोजन गरेको आरोप लगाउँदै एमालेले आइतबार पनि बैठक अवरुद्ध गरेको थियो । तथ्यसत्य बाहिर नआउँदासम्मलाई बैठक स्थगित गरिने एमालेले जनाएको छ ।

सरकारले आर्थिक बर्षको अन्त्यमा आएर करोडौं रुपैया बाँड्नुको कारण एमालेले माग राखेको छ । बहुवर्षीय योजनाको ठेक्का फालेर कार्यकर्ताालई बजेट दिनुको जवाफ माग गरिएको सांसद रामशरण बस्नेतले जानकारी दिए ।


प्रकाशित : असार २८, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?