२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

४ दिनदेखि सडक अवरुद्ध

सम्झना रसाइली

तनहुँ — झरीका कारण ऋषिङ गाउँपालिकामा गतसाता जनधनको क्षति भयो । बिहीबार बिहान आएको पहिरोमा एकै गाउँका २ जनाको ज्यान जाँदा गाउँ अहिले शोकमा डुबेको छ । अविरल झरीसँगै बाढीपहिरो आउँदा करिब ३ दर्जन घर पूर्ण रूपमा क्षति भएका छन् ।

४ दिनदेखि सडक अवरुद्ध

बाढीपहिरोले सडक, विद्युत्, खानेपानी तथा कृषकको खेतबारीमा ठूलो क्षति पुर्‍याएको छ । ऋषिङ–८ अजम्बरी भीरमा आएको पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको अझै सुचारु हुन सकेको छैन । अजम्बरी तीर्थस्थल नजिकै ५ सय मिटर पक्की सडक पहिरिएको छ । उक्त स्थानमा पहिरो जाँदा गाउँपालिका जना तथा त्यस क्षेत्रबाट अन्य आउजाउ गर्न बन्द भएको ऋषिङ–७ कोटदरबारका इन्द्र आलेले बताए । आलेले भने, ‘पहिरोका कारण गाउँपालिकासम्म पुग्ने सडक अवरुद्ध हुँदा दमौली रेडक्रस तथा अन्य संघसंस्थाबाट आएका राहत सामग्री गाउँका पहिरो पीडितलाई बाढ्न समेत सकेका छैनौं ।’

विद्युत्का पोलसमेत ढलेका कारण ४ दिनदेखि गाउँ अन्धकार छ । विद्युत् सेवा नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा सञ्चार सम्पर्कविहीन हुन पुगेका छन् । ग्रामीण सडकहरू पहिरोका कारण अवरुद्ध हुँदा तत्काल कोही गाउँवासीमा गम्भीर स्वास्थ्य समस्या देखिए उपचारका लागि अस्पताल लानसमेत नसकिने अवस्था छ । पहिरोका कारण गाउँपालिकाको ५, ६, ७ र ८ वडामा विद्युत् सेवा अवरुद्ध भएको हो । झरी नरोकिएकाले पोल मर्मत हुन नसकेको स्थानीय बेलबहादुर आलेले बताए । ‘पानी परिरहेको हुँदा पहिरो पनि पन्छाउन सकिएको छैन,’ उनले भने, ‘पहिरोले पैदल हिँड्न पनि मुस्किल छ ।’

मनसुनी वर्षा सुरु भएसँगै ठूलो झरीका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोले ठूलो क्षति पुर्‍याएको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए । सडक मर्मत सुधार गाउँपालिकाको एकल प्रयासमा सम्भव नभएकाले संघ र प्रदेश सरकार तथा अन्य सम्बन्धित निकायले चासो दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : असार २८, २०७८ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?