लमजुङ कारागारमा थुनुवाको मृत्यु

आश गुरुङ

लमजुङ — लमजुङ कारागारमा थुनुवाको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि लमजुङ कारागारमा रहेकी ४८ वर्षीया फूलमाया विकले शुक्रबार बिहानी पख आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

लमजुङ कारागारमा थुनुवाको मृत्यु

दूधपोखरी गाउँपालिका ३, फुलिङगिरीकी ती महिला जिल्ला अदालतको आदेशअनुसार वैशाख २४ गतेदेखि पुर्पक्षको लागि थुनामा थिइन् । शुक्रबार बिहान ४ बजेर २४ मिनेट जाँदाको समय ती महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । उनको शव शौचालयको देवलमा तन्ना बाँधेर झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिला कैदीबन्दी बस्ने ठाउँमा राति करिब १२ बजेसम्म सामान्य नाचगान थियो । डीएसपी कृष्णबहादुर कार्कीले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षमा रहेकी महिलाले आत्महत्या गरेको र अनुसन्धान भइरहेको बताए ।

फुलिङगिरीका ७ वर्षीय बालकलाई ऐना फुटाएको निहुँमा कुटपिट गर्ने क्रममा बालकको मृत्यु भएपछि कर्तव्य ज्यान मुद्दामा पुर्पक्षको लागि थुनामा थिइन् ।

प्रकाशित : असार २५, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?