कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एकतर्फी सञ्चालनमा महेन्द्र राजमार्ग

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग फराकिलो बनाउन कावासोतीमा निर्माण गरिएको डाइभर्सन बगाएको ३० घण्टापछि यातायात एकतर्फी खुलाइएको छ ।

एकतर्फी सञ्चालनमा महेन्द्र राजमार्ग

कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयभन्दा ५ सय मिटर पूर्वतर्फ बगाएको डाइभर्सन निर्माण गरेर केहीबेर अघिबाट यातायात सञ्चालन भएको हो । बाढीले कावासोतीको हाटबजार अघिल्तिर बगाएको स्थानमा अस्थायी डाइभर्सन निर्माण गरेर यातायात खुलाइएको हो । त्यहाँ सडक बगाउँदा ३० घण्टादेखि कावासोती र रजहरमा रोकिएका मालबहाक ट्रक गन्तव्यतर्फ लागेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता दिलिप गिरीका अनुसार त्यो स्थानमा सडक धेरै तलबाट बगाएका कारण सडक पुरेर कच्ची निकास बनाइएको हो । ‘त्यहाँ बिस्तारै एउटा एउटा गाडी पार गराउनुपर्ने अवस्था छ’, गिरीले भने, ‘यो क्षेत्रमा रोकिएका गाडी सबै वारपार हुन साँझसम्म लाग्छ । वर्षाका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुने जोखिम उत्तिकै छ । बिहीबार बिहानबाट रोकिएको सडक अहिले ३ बजेबाट सुरु भएको हो ।’

३० घण्टा सडक अवरुद्ध हुँदा महेन्द्रराजमार्ग हुँदै काठमाडौंका लागि छुटेका सैयाैं मालबहाक ट्रक कावासातीमा रोकिएका थिए ।

प्रकाशित : असार २५, २०७८ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?