कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

तनहुँमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

सम्झना रसाइली

तनहुँ — जिल्लाको रिसिङ गाउँपालिका-७, दधिवनमा बिहीबार बिहान आएको पहिरोमा पुरिएर एक महिलाको मृत्यु  भएको छ । मृत्यु हुनेमा करिब ५० वर्षीया देवीसरा थापा रहेको वडासदस्य नीरबहादुर थापाले  बताए ।

उनले भने, 'घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको हो । उनका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भए ।'

पानी परिरहेकाले शव निकाल्न नसकिएको वडा कार्यालयले जनाएको छ । पहिरोले दधिवनमा ३ घर क्षतिग्रस्त भएका छन् । अन्य थुप्रै घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित : असार २४, २०७८ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?