थुम्सीमा अस्थायी डाइभर्सन बनाएर पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन

नारायण शर्मा

नवलपरासी पूर्व — पूर्व–पश्चिम राजमार्गको थुम्सीमा डाइभर्सन बगाएपछि अवरुद्ध यातायात २४ घण्टापछि सञ्चालनमा आएको छ । 

थुम्सीमा अस्थायी डाइभर्सन बनाएर पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन

गैंडाकोट नगरपालिका वडा नम्बर १० स्थित डाइभर्सन बगाएर ठप्प भएको राजमार्ग केहीबेर अघिदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

सशस्त्र प्रहरी पोस्ट भेडाबारीका डीएसपी वीरभद्र नाथका अनुसार अस्थायी डाइभर्सन निर्माण गरेर एकतर्फी रुपमा यातायात सञ्चालन गरिएको छ । वर्षा भइरहे फेरि डाइभर्सन बग्न सक्ने जोखिम रहेको भन्दै प्रहरीले पहिलो लटमा एम्बुलेन्स र साना सवारी साधनलाई पास गराएको छ ।

राजमार्ग फराकिलो बनाउने क्रममा कावासोती–गैंडाकोट खण्डका ६ वटा पुराना पुल रहेको स्थानमा डाइभर्सन निर्माण गरेर यातायात सञ्चालन भएको छ । थुम्सी र भेडाबारी बीचमा पर्ने २३ स्मृति पुलको डाइभर्सन बाढीले बगाएपछि २४ घण्टादेखि यातायात अवरुद्ध भएको थियो ।

प्रकाशित : असार १८, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?