संसद् विघटन र जातीय विभेदविरुद्ध गोरखामा राँके जुलुस- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् विघटन र जातीय विभेदविरुद्ध गोरखामा राँके जुलुस

हरिराम उप्रेती

गोरखा — संसद् विघटन र जातीय विभेदका विरुद्ध यहाँका चार विद्यार्थी संगठनले बुधबार साँझ गोरखा सदरमुकाममा राँके जुलुस निकालेका छन् । राँके जुलुस प्रदर्शन रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको छ।

सदरमुकामको बसपार्कबाट राकेँ जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेको थियो । नाराबाजी गर्दै हरमटारीचोक आएका विद्यार्थीले प्रहरीलाई छल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरे । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र नेपाल–खनाल निकट अनरेरास्ववियुले संयुक्त रुपमा प्रर्दशन गरेका हुन् ।

प्रधानमन्त्री ओलीबाट पटकपटक न्याय मार्ने कोसिस गरेकाले त्यसकाविरुद्ध आन्दोलनमा उत्रनुपरेको नेपाल विद्यार्थी संघका अध्यक्ष सुवास अधिकारीले बताए । जातीय विभेदका घटनामा दोषीलाई कानुनी दायरामा ल्याउन पनि उनले माग गरे ।

पटक–पटकको संसद् विघटनमा प्रधानमन्त्रीलाई साथ दिएको भन्दै विद्यार्थी नेताले राष्ट्रपति विद्यादेवी भण्डारीको पनि आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको स्वेच्छाचारी कदमकाविरुद्ध आन्दोलनमा उत्रिएको अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज रामकृष्ण भट्टले बताए ।

प्रकाशित : असार १६, २०७८ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्

परिवर्तनलाई संस्थागत गर्न विपक्षी गठबन्धनलाई लामो समयसम्म लैजानुपर्छ : यादव

कान्तिपुर संवाददाता

काठमाडौँ — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिर्वतनलाई संस्थागत नगरेसम्म प्रतिगमनको खतरा कायमै रहने बताएका छन् । विगतदेखि वर्तमानसम्म विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त परिर्वतनलाई संस्थागत गर्ने कामबाट राजनीतिक दलका नेताहरु चुकेको उनको तर्क थियो ।

प्रतिगमनलाई परास्त गर्न सजिलो नभएको र परिर्वतन संस्थागत भइ जीवन प्रणालीमा रुपान्तरण नभएसम्म प्रतिगमनका खतरा कायमै हुने भएकाले परिर्वतनलाई संस्थागत गर्ने काममा सबैको प्रयास हुनुपर्ने उनले बताए ।

संसद् भवन नयाँ बानेश्वरमा बुधबार आयोजित नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा यादवले देशको परिवर्तनलाई संस्थागत गर्नका लागि पनि विपक्षी दलको वर्तमान गठबन्धनलाई लामो समयसम्म लैजानुपर्ने बताए ।

उनले भन्नुभयो, ‘जबसम्म परिवर्तन सम्पूर्ण रुपले संस्थागत हुँदैन । प्रतिगमनको खतरा रहिरहेको हुनाले अब यो गठबन्धनलाई हामीले लामो समयसम्म लैजानुपर्ने आवश्यकता छ र यहीँ आवश्यकतालाई महसुस गरेर नै लोकतान्त्रिक गणतन्त्र नेपाललाई संस्थागत गर्दै अघि बढ्ने हाम्रो प्रयास रहन्छ ।’

वर्तमान गठबन्धनले प्रतिगमन परास्त भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि खाका बनाउनुपर्नेमा उनले जोड दिए । देशको परिवर्तनलाई जोगाउन सम्पूर्ण राजनीतिक दल एकजुट हुनुपर्ने उनले बताए ।

प्रकाशित : असार १६, २०७८ २०:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×