३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पोखरामा पनि केबलकार

प्रतीक्षा काफ्ले

कास्की — आगामी असोजदेखि सञ्चालनमा आउने गरी पोखरामा केबलकार जडान गरिएको छ ।

पोखरामा पनि केबलकार

पोखरा महानगरपालिका–१८ सेतीबगरदेखि सराङकोटको डाँडासम्म पुग्नेगरी अन्नपूर्ण केबलकार निर्माण गरिएको सञ्चालक तिर्थराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार केबलकारको निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । केबलकारबाट फेवातालको किनार सेतीबगरदेखि सराङकोट पुग्न ८ मिनेट लाग्ने उनले बताए ।

‘अहिलेसम्म केबलकार सञ्चालनमा आइसक्थ्यो,’ त्रिपाठीले भने, ‘कोरोनाले गर्दा असोजै पुग्ने भयो । कोरोनाको महामारी सामान्य भएपछि परीक्षण गरेर जतिसक्दो छिटो सञ्चालनमा ल्याउँछौं ।’ उनले केबलकारका निर्माणाधीन सामाग्री जापानबाट ल्याएको बताए । ‘काम गर्ने सबै प्राविधिक जापानी हुन् । कोरोनाका कारण लकडाउन भएपछि प्राविधिक जापान फर्किएकाले परीक्षण लगायतका काम बाँकी छन्,’ उनले भने ।

करिब दुई वर्षमा ६ जना जापानी प्राविधिकको टोलीले केबलकार निर्माण गरेको कम्पनीले जनाएको छ । त्रिपाठीका अनुसार केही दिनअघि केबलकारको लठ्ठा तीन मिनेट चलाएर परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको पनि उनले बताए ।

केबलकारको लागि हाल १८ वटा गुण्डला ९डब्बा० सहित लठ्ठा ९डोरी० टाँगेर तयारी अवस्थामा राखिएको निर्देशक त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा प्रति डब्बामा ८ जनाको सिट क्षमता रहनेछ ।

यस केबलकार कम्पनीमा विदेशी र स्थानीयको १०र१० र नेपालीको ८० प्रतिशत लगानी रहेको त्रिपाठीले बताए । सुरुमा ९० करोड लगानी गरेर सञ्चालनमा ल्याउने लक्ष्य भएपनि हाल केबलकारको लगानी करिब २ अर्ब पुगेको उनले बताए । केबलकार सञ्चालन गर्ने १० वर्षअघिको सपना भएपनि ५ वर्षदेखि यस क्षेत्रमा खटिएको त्रिपाठी बताए ।

प्रकाशित : असार ११, २०७८ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?