२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गोरखामा असार १९ सम्म थपियो निषेधाज्ञा

हरिराम उप्रेती

गोरखा — केही प्रावधान खुकुलो बनाउँदै गोरखामा निषेधाज्ञाको समयावधि एक साता थपिएको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले असार १९ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन् ।

गोरखामा असार १९ सम्म थपियो निषेधाज्ञा

संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषणको आधारमा निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाका अधिकृत हर्क रोकाले बताए । यसअघि शनिबार राति १२ वजेसम्म निषेधाज्ञा जारी भएको थियो ।

भीडभाड हुने जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय बाहेक अन्य सरकारी तथा सेवाप्रदायक कार्यलयहरु असार १३ गतेबाट खुल्ने छन् । जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी कार्यलय सञ्चालन गर्न भनिएको छ । पुस्तक, स्टेशनरी, कपडा तथा फेन्सी पसल, फर्निचर तथा फर्निसिङ, अटोमोबाइल मोटर पाटर््स, जुक्ता चप्पल पसल, प्रेस तथा फोटोकपी पसल, सुनचाँदी व्यवसाय, इलेक्ट्रिक, भाँडा पसल, टेलरिङ व्यवसाय बिहान १० बजेबाट दिउँसो २ बजेसम्म खोल्न समय सीमा निर्धारण गरिएको छ । दैनिक उपभोग्य सामाग्रीका पसल भने बिहान ५ बजेदेखि ११ बजेसम्म खुल्ने यसअघिकै प्रावधानलाई निरन्तरता दिइएको छ । सार्वजनिक तथा अत्यावश्यक बाहेकका निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

प्रकाशित : असार ११, २०७८ १६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?