तनहुँको भानु नगरपालिकाको नगरसभा स्थगित

सम्झना रसाइली

तनहुँ — जिल्लाका अन्य पालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरे पनि भानु नगरपालिकाको नगरसभा नै स्थगित भएको छ ।

तनहुँको भानु नगरपालिकाको नगरसभा स्थगित

संवैधानिक व्यवस्था अनुसार असार १० गते भित्र नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने व्यवस्था रहेपनि नगरपालिकाको आन्तरिक विवादका कारण नगरसभा स्थगित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले बताए । उनले भने, ‘कोरोना संक्रमण जोखिमका कारण वडावडामा बैठक हुन सकेन, समयमा भेला हुन नसकेकाले नगरसभा हुन सकेन ।’

नीति, कार्यक्रम तथा बजेट तयारीका विषयमा नगरपालिकाको कार्यापालिका बैठक समेत बस्न नसकेको र राजस्व, योजना तर्जुमा, बजेटका सिमा निर्धारण लगायतका विषयगत बैठकहरु समेत बस्न सकेको छैन ।

यस्तै, नगरपालिकाको प्रशासनिक भवन भानु–२ स्थित फुस्रेटारबाट भन्सार स्थान्तरण गरेपछि कार्यालयको विषयमा विवाद भइरहेको छ । कार्यालय स्थान्तरणको विषयलाई लिएर नगरसभा स्थागित भएको स्रोतले जनाएको छ । उपमेयर लगायत केही वडाध्यक्षहरुले नगरपालिकाको प्रशासनिक भवन फुस्रेटारमै हुनुपर्ने माग गर्दै आएका छन् भने केही वडाध्यक्षहरुले बजेटको तयारी नपुगेको भन्दै विरोध गरेका छन् ।

नगरपालिकाको प्रशासनिक भवनको विषयमा विवादभइ सर्वोच्च अदालतमा मुद्दा परेको र उक्त मुद्दा विचाराधीन अवस्थामै छ ।

प्रकाशित : असार १०, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?