१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पाँच दिनदेखि शव अलपत्र

गोरखा — जडीबुुटी(वन लसुन) खोज्न जाँदा बेपत्ता भएका चुमनुब्री गाउँपालिका–३ सिर्दिबासका २४ वर्षीय सुरेन्द्र गुरुङको शव पाँच दिनदेखि अलपत्र परेको छ । गत शनिबार बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक र लमजुङ सीमा क्षेत्र अन्तर्गत बौद्ध हिमालय क्षेत्रमा जडिबुटी खोज्न पुगेका गुरुङ भीरबाट लडेर बेपत्ता भएका थिए ।

पाँच दिनदेखि शव अलपत्र

लाप्राकबाट गएका स्थानीयले उनको शव मंगलबार खोंचमा फेला पारी केही माथि खैरेगजा भन्ने ठाउँमा ल्याएर राखेका छन् । शव अन्तिम संस्कारका लागि गाउँसम्म पुर्‍याउन समस्या भएको सिर्दिबासका स्थानीय बिरबल घलेले बताए । ‘शव उद्धारका लागि दुई पटक हेलिकप्टर पठाइसक्यौं,’ उनले भने, ‘तर मौसमका कारण सफल भएनौं ।’ पैदलमार्गबाट पनि बाटोका कारण शव ल्याउन नसकिएको उनले बताए । स्थानीयका अनुसार सुरेन्द्रको शव भएको स्थानबाट सिर्दिबास पुग्न दुई दिनको पैदल यात्रा गनुपर्छ ।

चुमनुब्री सेवा समाजले रकम संकलन गरेर बुधबार हेलिकप्टर पठाएको थियो । ‘सोमबारको हेलिकप्टर भाडा परिवारले बेहोर्ने कुरो छ, बुधबार एक लाख ५० हजार चन्दा संकलन गरेर हेलिकप्टर पठायौं, ५० हजार दिनै वाँकी छ । मौसम खराबीका कारण शव भने ल्याउनै सकेनौँ,’ उनले भने । सोमबार दुई लाख ४० हजार र बुधबार दुई लाख गरीर चार लाख ४० हजार हेलिकप्टर उडानमा खर्च भइसकेको छ । दुई पटकको हेलिकप्टर रेस्क्यु असफल भएपछि हिमालको फेदमै सुरेन्द्रको अन्तिम संस्कार गर्नेबारे सल्लाह भइरहेको घलेले बताए ।

गुरुङसँगै जडबुटी खोज्न गएका चार जनाको भने गत सोमबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।

प्रकाशित : असार १०, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?